२१ कार्तिक २०८३, शनिबार

‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को गीत सार्वजनिक भएको छ ।

‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ ।

प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ । प्रेममा रहेका युवा युवतीले इसारा इसारैमा पोखेको मनको भाव छ ।

मनका कुरा सुटुक्क राख्दै जीवन एकअर्कालाई समर्पित गरेको प्रसंग गीतमा उल्लेख छ । वैंशालु जोडीमा रहेको मायाको भोक आँखाले नै व्यक्त गरेको सन्दर्भलाई गीतले खोल्ने प्रयास गरेको छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय विजय बराल र अञ्जना बराइली छन् । उनीहरूको आकर्षक नृत्य छ । विजयको नृत्य पनि अञ्जनसँगै आकर्षक देखिएको छ ।

‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरुको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।

मंसिर १८ गते रिलिज हुने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ ।

विग मुभिज थिएटर पार्टनरका रूपमा रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ ।