३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति कार्यालयको गेटमा कारबम विस्फोट, सेना प्रहरीसहित ९ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोगादिसु, ५ असोज । सोमालीयाको राजधानी मोगादिसुमा अवस्थित यहाँका राष्ट्रपतिको कार्यालय भवनको प्रवेशद्धारमा सोमबार साँझ बम विस्फोट गराइएको छ ।

उक्त कार्यालयको प्रवेशद्वारमा एउटा कारबम ल्याएर ठोक्काइएको थियो । विस्फोटमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त जानकारी प्रहरी स्रोतले दिएको छ ।

मोगादिसुका प्रहरी अधिकारी अहमद सिरेले सिन्ह्वा समाचार समितिलाई राष्ट्रपतिको प्रवेशद्वारमा भएको भीषण विस्फोटनबाट दुई सोमालीयाली सैनिक, चार सर्वसाधारण र तीन विदेशी नागरिकको मृत्यु भएको बताएका छन् ।

राष्ट्रपति भवनको प्रवेशद्वारमा भएको यो विस्फोटन शक्तिशाली थियो । विस्फोटमा परी नजिकैको होटेलबाट निक्लिएका तीन विदेशी नागरिकको समेत मृत्यु भएको सिरेले बताएक छन् ।

bom-blast

यस विस्फोटनको आवाज भीषण रुपमा सुनिएको स्थानीयहरुले जनाएका छन् । तर यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन । मोगादिसुका एक बासिन्दाले सिन्ह्वा समाचार समितिलाई सो विस्फोटबारे बताएका छन् । यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको पनि अर्काे एक समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा