काठमाडौँ, ५ असोज । देशका विभिन्न स्थानमा आन्दोलनका नाममा भइरहेको तोडफोड र आगजनीबाट सर्वसाधारणलाई दुःख, कष्ट भएकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण नेपाली काँग्रेसले जनाएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा आन्दोलनका क्रममा केन्द्रीय सदस्य फर्मूल्लाह मन्सुरको बारास्थित घरमा आक्रमणको प्रयास भएको जनाइएको छ । नयाँ संविधान पारित भएकै दिन असोज ३ गते आन्दोलनकारीले काँग्रेसको बारा जिल्ला सभापति एवम् सांसद राधेचन्द्र यादवको घरमा तोडफोड, आगजनी र लुटपाट गरेर भौतिक सम्पत्ति क्षति पु¥याएको उल्लेख छ ।
शान्तिपूर्ण रुपमा माग राख्न पाउने संवैधानिक अधिकारलाई बेवास्ता गर्दै उच्छृङ्खल, अवाञ्छित र हिंसात्मक गतिविधि गर्न कसैलाई पनि छुट नभएको काँग्रेसले जनाएको छ ।
काँग्रेसले हिंसात्मक क्रियाकलापको भत्र्सना गर्दै त्यस्ता क्रियाकलापहरु नदोहो¥याउन, संयमता अपनाउन र समाजमा शान्ति, सद्भाव र एकता कायम गर्ने कार्यमा सहयोग पु¥याउन आन्दोलनकारीलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । साथै, वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आन्दोलनरत सबै पक्षलाई पनि काँग्रेसले आह्वान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ – “नेपाली काँग्रेस बाराका सांसद लालबाबुसिंह भुइहारको घरमा पनि तोडफोड र आगजनी गरिएको छ । आन्दोलनकारीहरुले बाराको कलैया वडा नं ६ मोतीवाग पानीट्याकीस्थित पार्टीको कार्यालय जलाउने प्रयास गरेका थिए । कलैयास्थित विभिन्न सरकारी कार्यालय पनि तोडफोड भएका छन् ।”
त्यस्तै, रौतहटको निर्वाचन क्षेत्र नं ४ गरुडास्थित काँग्रेसको क्षेत्रीय कार्यालयको पक्की भवनलाई पूर्ण रुपमा आन्दोलनकारीहरुले क्षति पु¥याएको, रौतहटका जिल्ला सभापति कृष्णप्रसाद यादवको गरुडा स्थित घरमा समेत तोडफोड गरी भौतिक क्षति पु¥याएको र पर्साको वीरगञ्ज १७ स्थित शहीद तेजबहादुर अमात्यको सालिक तोडफोड गरेको जनाइएको छ ।
संविधानसभाबाट नेपालको संविधान जारी भएपछि असोज ४ गते मुलुकभर दीपावली गर्दै विजयोत्सव मनाइरहेकै बेला काँग्रेसका सिराहा सभापति एवम् सांसद सितादेवी यादवको घरमा र सिरहाबाट निर्वाचित सांसद डा गणेश मण्डलको घरमा आगजनी गरी क्षति पु¥याएको घटनाको काँगे्रसले भत्र्सना गरेको छ । रासस












प्रतिक्रिया