५ कार्तिक २०८३, बिहिबार

असन्तुष्टहरूसँग मिलेर मधेसमा मधेसी मोर्चाले आन्दोलन चर्काउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanta_Thakurकाठमाडौं, ५ भदौ । तीन ठूला दलले दुईतिहाइ बहुमतको बलमा संविधान जारी गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ता र संवादको अध्याय सकिएको दाबी गरेको छ ।

संविधानसँग असन्तुष्टहरुबीच बृहत मोर्चाबन्दी गर्ने योजनासमेत मोर्चाले बनाएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यसअघि राजधानीमा भदौ ३१ गते बसेको बैठकले उनीहरुसँग मोर्चाबन्दी र कार्यगत एकता गर्ने निर्णय गरेको थियो ।

मंगलबार साँझ सप्तरी सदरमुकाम राजविराजमा मोर्चा बैठक बसी औपचारिक आह्वान गर्ने जानकारी तमलोपा अध्यक्ष महन्थ ठाकुरले दिए ।
‘हामी वार्ता र संवादबाटै निकास खोज्न तयार थियौं ।

तीन दलले जबर्जस्ती गरेर हामीलाई त्यहा पुर्‍याइदिए, जहाबाट अब फर्कन गाह्रो भइसक्यो,’ राजधानीस्थित तमलोपा मुख्यालयमा कुरा गर्दै ठाकुरले भने, ‘सरकार र तीन दलले वार्ताको अध्याय समाप्त गरेका छन् । अब हामी सबै उपेक्षित र असन्तुष्टसग मिलेर अघि बढ्छौं ।’