काठमाडौं, ४ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुले छिमेकीले भने जस्तै गर्न कुनै जरुरी नभएको बताउनुभएको छ ।
सैनिक मञ्च टुँडिखेलमा सरकारले आयोजना गरेको विशेष समारोहमा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले नेपालीहरु भारतको ‘यस मेन’ नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो–‘छिमेकी मित्रहरुले दिएको सुझावलाई हामीले मान्नैपर्छ भन्ने छैन् र त्यसमा उनीहरुले चित्त दुखाउने कुरै छैन् ।’
नेपालको संविधान निर्माण प्रक्रियालाई भारत र चीनले सहयोग गर्नुपर्ने प्रचण्डको भनाई थियो । ‘हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले पनि सम्मान पाउँछन् । हामी छिमेकीहरुसँग अझ विशेष रुपले भारतीय नेताहरुलाई के भन्न चाहन्छु भने हामी तपाईहरुको असल मित्रको रुपमा जायज चिन्ता सम्बोधन गर्न चाहन्छौं । हामी मित्र हुन चाहन्छौं । तर, जे भन्यो त्यही मान्ने एस म्यान हुन चाहन्नौं’ उहाँले भन्नुभयो ।












प्रतिक्रिया