२१ कार्तिक २०८३, शनिबार

मोदीले अकस्मात किन दिल्ली बोलाए भारतीय राजदूतलाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-ray

काठमाडौँ, ४ असोज । नेपालका लागि भारतीय राजदूत रञ्जित रे संविधान जारी हुनासाथ अकस्मात सोमबार दिल्ली प्रस्थान गरेका छन् ।

संविधान जारी भएपछिको नेपालको राजनीतिक परिस्थिति र भारतको आगामी रणनीतिका बारेमा छलफल गर्न राजदूत रे दिल्ली प्रस्थान गरेको बताइएको छ । आफ्नो कुटनीतिक मिसन असफल भएको निष्कर्ष भारतले निकालेको छ । नेपालमा संविधान जारी हुनु भन्दा केही बेरअघिसम्म पनि भारतीय राजदूत र भारतीय खुफिया एजेन्सी ‘रअ’ ले नेपालका राजनीतिक दलहरुसँग अनौपचारिक छलफल गर्दै संविधान रोक्न खोजेको थियो ।

संविधान जारी हुनासाथ राजदूत रे भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलाएकै कारण रञ्जित रे सोमबार बिहान दिल्ली पुगेको स्रोतको दाबी छ । तराईमा मधेशी दलहरुको आन्दोलनका बाबजुद आएको नेपालको नयाँ संविधानलाई भारतले स्वागत गरेको छैन् ।

संविधान जारी हुनु दुई दिनअघि भारत सरकारले विदेश सचिव एस जयशंकरलाई विशेष दूतका रुपमा नेपाल पठाउँदै केही दिनका लागि संविधान रोक्न आग्रह गरेको थियो । तर, नेपालका शीर्ष नेताहरुले उनको प्रस्ताव अस्वीकार गरेपछि उनी निराश हुँदै फर्किएका थिए ।

अमेरिका, युरोप, जापान लगायतका देशले नेपालको नयाँ संविधानको स्वागत गर्दै खुसी जनाएका छन् । तर, नेपाली जनताले दशकौँदेखि प्रतिक्षा गरेको संविधान प्राप्त गर्दा पनि भारतले खुसी व्यक्त गरेको छैन् । बरु तराईमा जारी आन्दोलनले आफ्नो सिमा क्षेत्रमा असुरक्षा बढ्न सक्ने भन्दै उसले असन्तुष्टि जनाएको छ । भारतले मधेश केन्द्रीत दलहरुलाई उचाल्दै आएको आरोप समेत लागेको छ ।