देउखुरी, ४ असोज । दाङको देउखुरीस्थित राप्ती नदीको पुल नजिकै एउटा मोटरसाइकलमा आगजनी भएको छ ।
थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै लमही नगरपालिका वडा नं. ७ सेम्रहवामा रा ३ प ५४२५ मोटरसाइकलमा आज बिहान (सोमबार) २ बजे आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिनुभयो ।
आजगनी गरिएको मोटरसाइकल गोवरडिहा निवासी रामेश्वरुप यादवको रहेको प्रहरीले जनाएको छ ।
उपचारका लागि लमही आउँदै गर्दा राप्ती पुल नजिक बन्द कर्ताले मोटरसाइकल रोकेर आगो लगाएको पीडित यादवले बताउनु भयो ।
आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
यसअघि लमही–गढवा सडकखण्डको बलरामपुर नजिक बन्द अवज्ञा गरेको भन्दै आइतबार राति अनटेष्ट मोटरसाइकलमा आगजनी गरिएको थियो ।













प्रतिक्रिया