– गौरव त्रिपाठी
पोखरा, ३ असोज । कास्कीको लेखनाथमा बन्द गराउँदै हिँडेको अवस्थामा नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीका १२ जना कार्यकर्तालाई प्रहरीले पक्राउ परेको छ ।
प्रहरीले अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष आश बहादुर गुरुङसहित ५ जनालाई लेखनाथको पावरहाउस नजिकैबाट र ७ जनालाई अमरशहिचोक बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुले सडकमा जबरजस्ती बन्द गराउने र गाडीका चावी खोस्ने कार्य गरिरहेका थिए । आज विप्लव माओवादीले नयाँ जारी हुने संविधानको विरोध गर्दै नेपाल बन्द गरेको छ । बन्दको प्रभाव पोखरामा समेत परेको छ । पोखरामा बिहानैदेखि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् भने बजार, कलकारखाना र पसल पनि बन्द रहेका छन् ।













प्रतिक्रिया