५ कार्तिक २०८३, बिहिबार

राजधानीमा यस्तो छ सुरक्षा तयारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeकाठमाडौं, ३ असोज । संविधान जारी गर्ने दिन कुनै अप्रिय घटना हुन नदिन आइतबार काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

विशेष गरी संविधानसभा भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

संविधानसभामा राखिएका सीसीटीभीको निगरानीलाई चुस्त बनाइएको छ ।

सुरक्षालाई ध्यानमा राखेर एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।