काठमाडौं, ३ असोज । जाँदाजाँदै एस जयशंकरले भने– नेपालको संविधान निर्माणमा भारतले जोडदार समर्थन गरेको छ ।
हामी चाहन्छौँ संविधानलेखन सम्पन्न गरिने अवसर उल्लासमय र सन्तोषजनक हुनुपर्छ न कि आन्दोलनपूर्ण र हिंसात्मक ।
नेपालका नेताहरूले यो महत्त्वपूर्ण घडीमा आवश्यक लचकता र परिपक्वता अपनाई सर्वस्वीकार्य, स्थायी र भरपर्दो संविधान जारी गर्न सक्षम हुनेछन् भन्ने हामी आशावादी छौँ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेताका एउटै स्वर सराहनीय
राजेश्वर आचार्य, पूर्वराजदूत
भारतबाट विशेष दूत आउने परिस्थिति बनाउनु हुँदैनथ्यो । विजय गच्छदारलगायतसँग तीन दलले कुरा गरेर सहमति गर्न सकेको भए यो परिस्थिति आउँदैनथ्यो । घरभित्रका असन्तुष्टि समाधान गर्न नसक्दा यो अवस्था आयो । तर, तीन पार्टीका शीर्ष नेताले एउटै स्पिरिटमा आफ्ना कुरा राख्नु सराहनीय छ ।
प्रतिकूल समयको भ्रमण
हिरण्यलाल श्रेष्ठ, पूर्वराजदूत
भारतीय प्रधानमन्त्रीका विशेष दूत आउने समय अनुकूल भएन । संविधान प्रमाणित भइसकेपछि त्यसमा परिवर्तन खोज्ने उनको चाहनासमेत समयानुकूल भएन । भारतमा पनि राज्य बन्ने क्रम जारी छन् । पछिल्लोपटक तेलंगना बनेको छ । तर, गोर्खाल्यान्ड किन बन्न सकेको छैन ? यहाँचाहिँ उसलाई तराई मधेस किन चाहियो ?















प्रतिक्रिया