२१ कार्तिक २०८३, शनिबार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा फुट्यो, राजेन्द्र महतोले बनाए नयाँ मोर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Mahatoकाठमाडौं, २ असोज । मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा फुटेको छ ।

मोर्चाका शक्तिशाली एक नेता सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शनिबार अलग भएर नयाँ मोर्चा गठन गरेका छन् ।

संबिधानसभा छाडेर मधेस आन्दोलनमा होमिएका महतोले अहिलेको मोर्चाबाट अलग हुँदै नेकपा माओवादीका मातृका यादव र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्तालाई लिएर नयाँ मोर्चा गठन गरेका हुन् ।

तीनदलले बलजफ्ती संविधान घोषणा गरेपछि मधेस आन्दोलनलाई अझै सशक्त बनाउन नयाँ मोर्चा गठन भएको जारी विज्ञप्तिमा जनाइएको छ ।