२१ कार्तिक २०८३, शनिबार

विप्लव माओवादीद्वारा भक्तपुरमा छापामार प्रदर्शन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist-Communist-Party-of-Nepalकाठमाडौं, २ असोज । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भक्तपुरमा छापामार शैलीमा प्रदर्शन गरेको छ ।

अत्यन्तै गोप्य रुपमा विप्लव माओवादीले भक्तपुरको गठ्ठाघर र पाण्डुबजार क्षेत्रमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

भक्तपुरका सेक्रेटरी तिलक मल्ल ‘क्षितिज’का अनुसार नेपालको बन्दको पूर्वसन्ध्यामा शनिबार बेलुका छापामार शैलीमा मसाल जुलुस निकालेको बताउनुभयो ।

मलास जुलुसमा प्रहरीको हस्तक्षेप गर्ने डरले गर्दा विप्लव माओवादीले अत्यन्तै गोप्य रुपमा मसाल जुलुस निकालेको थियो ।

नेपालको संविधान २०७२ विरुद्ध विप्लव माओवादीले आइतबार नेपाल बन्दको आह्वान गरेको छ ।

बन्द बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म रहने उल्लेख गरेको छ ।