३० आश्विन २०८३, शुक्रबार

हतियार बोकेर सीमा ‘क्रस’ गर्न खोज्दा पाँच लडाकूको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatiyarश्रीनगर (भारत), २ असोज । भारतीइ सेनाले सशस्त्र हतियारधारी पाकिस्तानी आतङ्ककारी भारत प्रशासित काश्मिर छिर्ने प्रयास गर्दै गर्दा गरेको कारबाहीमा कम्तिमा पाँच जना पाकिस्तानी विद्रोही लडाकूको मृत्यु भएको छ ।

भारत–पाकिस्तानको सीमा क्षेत्र काश्मिरको गरेज इलाकामा हतियारसहित प्रवेश गर्दै गर्दा सेनाले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको श्रीनगरस्थित सैन्य प्रवक्ता लेफ्टिनेन्ट कोलेनल एन.एन. जोशीले बताउनुभयो ।

सीमा छिर्दै गर्दा बिहीबार राति उनीहरुसँग पहिलो सम्पर्क भएको र दशगजा क्षेत्रमा उनीहरुले प्रवेश गरेपछि कारबाही सुरु भएको जोशीले बताउनुभयो ।

भारत प्रशासित क्षेत्रमा प्रवेश गर्ने क्रममा उनीहरुलाई पिछा गरिएको थियो । मृतक तथा उनीहरुको समूहको विस्तृत विवरण आइनसकेको प्रवक्ता जोशीले बताउनुभयो । रासस/पीटीआई