२१ कार्तिक २०८३, शनिबार

नेपालको संविधानमा ५३७ सभासद्को हस्ताक्षर, को-को ले गरे ? (हेर्नुस् फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad-5

काठमाडौँ, १ असोज । संविधानसभाका ५३७ सभासद्ले नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्नुभएको छ ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पारित संविधानको प्रतिमा हस्ताक्षरका लागि समय तोकिएकामा संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गर्नुभएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

गत भदौ ३० गते संविधानको विधेयकमा मतदान हुँदा कुल ५३२ सभासद् सहभागी हुनुभएकामा ५०७ ले पक्षमा र २५ सभासद्ले विपक्षमा मतदान गर्नुभएको थियो । मतदानमा अनुपस्थित केही र विपक्षी राप्रपा नेपालका सभासद्सहितको हस्ताक्षरका कारण सङ्ख्या बढेको हो ।

मतदानमा अनुपस्थित विश्वेन्द्र पासवान, लक्ष्मण राजवंशी, राज्यलक्ष्मी गोल्छा, मेघराज नेपाली (निषाद) पनि हस्ताक्षर गर्ने कार्यमा सहभागी हुनुभयो । रासस

sansad-1 sansad-2 sansad-3 sansad-4