३० आश्विन २०८३, शुक्रबार

सुरक्षा विधेयकमा विवाद भएपछि जापानी संसदमा कुटाकुट, पाँच सभासद घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JAPAN-POLITICS-DEFENCE-MILITARY
तस्वीरः एएफपी

काठमाडौं, ३१ भदौ । सुरक्षा विधेयकमाथि छलफल चलिरहेका बेला विवाद भएपछि संसदमा कुटाकुट भएको छ ।

विहीबार जापानी संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच कुटाकुट भएको समाचार एजेन्सीहरुले जनाएका छन् । जापानले आफ्नो सेनालाई विदेशी भूमिमा उतार्न सक्ने अधिकार दिएको विधेयकको व्यवस्था हटाउन विपक्षीले माग गरेपछि भएको विवादले संसदमा कुटाकुट भएको हो ।

सो विषयमा पहिलैदेखि छलफल भइरहँदा सभामुखले सत्तारुढ दलका सांसद मसिहिता सातोलाई बोल्ने समय दिने वित्तिकै विपक्षी दलका सांसदहरुले उनको हातमा भएको भाषणप्रति खोसेपछि सत्तारुढ र विपक्षी दलका सभासदहरुबीच कुटाकुट सुरु भएको थियो ।

दोस्रो विश्वयुद्धपछि जापानले आफ्नो सेना विदेशी भूमिमा नपठाउने नीति लिएको थियो । तर, अहिले आफ्नो सेना विदेशी भुमिमा परिचालन गर्न सक्ने विधेयक बनाउन खोजिरहेको छ । त्यसको विरोधमा हजारौंले जापानी सांसद बाहिर विरोध प्रदर्शन गरिरहेको बेला भित्र सांसदहरुबीच त्यही विषयमा कुटाकुट भएको हो । कुटाकुटमा परी पाँच जना सभासद सामान्य घाइते भएको समाचारमा जनाइएको छ ।