२१ कार्तिक २०८३, शनिबार

संविधानको खुसीयालीमा युवा संघले देशभर दीप प्रज्वलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yuba sanghकाठमाडौं, ३१ असोज । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आज (विहीबार) राजधानीसहित देशभरि विशाल दीप प्रज्वलन गर्ने भएको छ ।

संविधानसभाबाट नयाँ संविधान पारित भएको खुसीयालीमा युवा संघ नेपालले देशैभरी आज साँझ विशाल दीप प्रज्वलन गर्ने जनाएको हो ।

संविधान पारित भएको खुसीयालीमा राजधानीको माइतीघर मण्डलामा आज साँझ ६ बजे युवा संघले विशाल दीप प्रज्वलन गर्ने महासचिव राजीव पहारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘६७ वर्षदेखिको नेपाली जनताको परिवर्तनकारी संविधान पाउने सपना पूरा भएको खुसीयालीमा युवा संघले देशैभरि विशाल दीप प्रज्वलन गर्छ । हामी परिवर्तनकारी जनसमुदायलाई यो खुसीयालीमा खुसी साटासाट गर्न आव्हान गर्दछौं ।’

महासचिव पहारीका अनुसार राजधानी माइतीघर मण्डला र देशभरका जिल्ला सदरमुकाममा युवा संघले एक साथ दीप प्रज्वलन गर्नेछ ।

यसैबीच युवा संघले नेपाली जनताको ६७ वर्षदेखिको सपनालाई साकार पार्दै संविधानसभाबाट नयाँ संविधान पारित गरेको भन्दै सबै सभासद्लाई धन्यवाद ज्ञापन गरेको छ ।

‘विदेशी चलखेल, नेपालविरुद्ध हस्तक्षेप गरिरहेका कुटनीतिक निकायलाई चुनौति दिँदै राजनीतिक पार्टी र सभासदहरुले जून साहसका साथ नेपाली जनताको संविधान पाउने सपना साकार पारेका छन् त्यसका लागि हामी उहाँहरुलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछौं,’ युवा संघका महासचिव पहारीले भन्नुभयो ।