५ कार्तिक २०८३, बिहिबार

गृहमन्त्री र आईजीपी मिलेपछि एआईजीहरु निराश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

igp-upandra-kantaकाठमाडौं, ३१ भदौ । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी मुठभेडमा मारिएपछि गृहमन्त्री वामदेव गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सम्बन्ध सुमधुर भएको छ ।

कांग्रेसका ठूला नेताहरुको संरक्षणमा गुण्डागर्दी गर्दै आएका घैंटलाई इन्काउन्टर गर्ने साहस गरेकोमा गृहमन्त्रीले प्रहरीलाई धन्यवाद दिएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

गत वर्ष एमाले निकट डन दिनेश अधिकारी ‘चरी’ मारिदा बाहिरी रुपमा गृहमन्त्री गौतमले प्रहरीलाई साथ दिएपनि भित्री रुपमा भने रिसाएका थिए ।

प्रहरीले नियोजित रुपमा एमाले निकट गुण्डा नाइकेलाई मारेको आरोप लाग्दै आएको थियो । तर, कांग्रेस निकट गुण्डा नाइके पनि मारिएपछि प्रहरीले सााच्चिकै असल नियतले गुण्डाविरुद्ध अप्रेसन चलाएको भन्दै गृहमन्त्री गौतम खुशी भएका छन् ।

एक महिनाअघिसम्म गृहमन्त्री र आईजीपीबीच तिक्ततापूर्ण सम्बन्ध थियो । सशस्त्रलाई पक्राउ पुर्जीको अधिकार दिएको विषयमा आफुविरुद्ध आईजीपी अर्यालले समाचार लेखेको विषयलाई लिएर गृहमन्त्री गौतम रिसाएका थिए ।

गत महिना राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा गृहमन्त्री गौतमले उच्च प्रहरी अधिकारीकै बीचमा आईजीपीको आलोचना गरेका थिए ।

आईजीपी अर्यालले पनि गौतमका सिफारीसहरु अस्वीकार गर्दै डिएसपी र एसपीको सरुवा गरेका थिए । गौतमले दिएको सूचिअनुसार १० प्रतिशत मात्र सरुवा सिफारीस गरिएको थियो ।

गृहमन्त्री गौतमका पीएसओ अवदेश बिष्टलाई समेत अर्यालले जिल्ला इन्चार्ज दिएका थिएनन् । घैंटे इन्काउन्टर र टिकापुर घटनापछि गृहमन्त्री गौतम र आईजीपी अर्यालले पुरानो तिक्तता विर्षिएका छन् ।

टिकापुर घटनापछि देशको सुरक्षा अवस्था गम्भीर हुदै गएकाले पनि उनीहरुले व्यक्तिगत तिक्ततालाई बिर्सिएका हुन् ।

पहिला औपचारीक रुपमा मात्र गृहमन्त्री र आईजीपीबीच छलफल हुने गरेकोमा अहिले दुईबीच अनौचपचारीक कुराकानीहरु समेत बढ्न थालेको बताइन्छ ९५ करोडको गोली लगायत ।

दंगा नियन्त्रणका सामान खरिदका लागि पनि दुई जनाबीच कुरा मिलेको स्रोत बताउाछ । सरुवामा पनि कुरा मिल्न थालेको छ ।

आईजीपीले गृहमन्त्रीका पिएसओ डिएसपी बिष्टलाई रसुवाको प्रहरी प्रमुख बनाएर सरुवा गरेका छन् । आन्दोलनमा खटिएका प्रहरीलाई भत्ता उपलब्ध गराउन गृहमन्त्री नै सक्रियताका साथ लागेका छन् ।

जबकी दुई महिनाअघि गुण्डा र अपराधीहरुसाग प्रहरी मिलेको भन्दै गृहमन्त्रालयमा सार्वजनिक रुपमै आलोचना गरेका थिए गौतमले ।

गृहमन्त्री र आईजीपीको सम्बन्ध सुध्रिएपछि अर्याललाई हटाएर आईजीपी हुने दाउमा रहेका एआईजीहरु भने निराश भएका छन् ।