५ कार्तिक २०८३, बिहिबार

लुटेरा हुँदै करोडपति बनेका डनको रामकहानी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । उपत्यकामा गुण्डागर्दीमा कहलीएका दोलखाका कृतन बस्नेत उर्फ अभिमानसिंह बस्नेत सर्बसाधारण, प्रहरी र प्रशासनलाई समेत झुक्याउन सफल भएका छन् ।

कृतन बस्नेतको नाममा गरेको कुकर्म लुकाउन उनी २०५९ देखि अभिमानसिंह बस्नेत भएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

कलिलै उमेरमा एक दर्जन अपराधमा संलग्न बस्नेतले २०५८ मा डिल्लीबजारका नरेश बुढाथोकीको हत्या गरेपछि आफू अभिमानसिंह बस्नेत भएको नागरिकता लिएका हुन ।

सोही नागरिकताको आधारमा उनी चार बर्ष अगाडि अदालतलाई गुमराहामा पारेर निस्कन सफल भएका थिए ।

नरेश बुढाथोकीको हत्यापछि फरार कृतन बस्नेत २०६० मा काभ्रेली समूहमा अभिमानसिंह बस्नेतको नामबाट आबद्ध भए ।

चलाख र धुर्त बस्नेतले चााडै काभ्रेली समूहमा आफ्नो नाम स्थापित गर्न सफल भएका थिए । काभ्रेली समूहमा आबद्ध भएको एक बर्षमै उनले अर्को आपराधिक समूहको सिर्जना गरे ।

नरेश हत्यापछि फरार भई भारतमा रहेका रमेश शाहि, बिनोद थापा र सो हत्यामा कारागारमा सजाय काटिरहेका रबिन चौंधरी, कालिमाटीका अभिमन्यु राणा, बिनय मगर, चितवनका माईकल भन्ने बिष्णु पाण्डेको एक आपराधिक जत्था बस्नेतले निर्माण गरे ।

जेलमा रहेका रबिनलाई चन्दा उठाएर बस्नेतले छुटाए । यो समूहले काभ्रेलीको नाममा आतंक मच्चाउन थाल्यो । काभ्रेलीको नाममा हप्ता असुली दखी सुपारी लिने सम्मको काम बस्नेतले गर्दै आए ।

बस्नेतको समूहले काभ्रेली समूहकै अर्का सञ्जीव लामा ‘स्याल’लाई २०६४ मा बानेश्वर भिमसेन गोलामा खुकुरी प्रहार गरी हत्याको प्रयास गर्‍यो ।

लामाको ज्यानमार्ने उद्योग मुद्दामा आफ्ना सहयोगी अजय लामा र रुपन महर्जनलाई अभियोग बमोजीम जिम्मा लिन लगाएर उनी धरौंटीमा रिहा भए ।

महर्जन र लामालाई जिल्ला अदालत काठमाडौंले पााच/पााच बर्ष कैद सजायको फैसला सुनायो । रुपन र अजय छुटाउनका लागि न्यायाधिस सेटिङ मिलाउनु पर्‍यो भन्दै बस्नेतले गुण्डा र व्यापारी सर्कलबाट १५ लाख असुलेका थिए ।

तर उनीहरुलाई जिल्ला अदालतले पााच बर्ष कैद गरेपछि अदालत परिसरमै बस्नेतलाई सहयोगी चौधरीले बेहोस हुने गरी कुटेका थिए । उठाएको पैसा लगेर बस्नेतले दोलखाको चरीकोटमा घर ठर्‍याए ।

उक्त काण्डबाट बस्नेतको समूहमा दरार उत्पन भएको हो । कुनै बेला उनलाई ज्यान दिन पछि नपर्ने चौधरी अहिले उनकै ज्यानको प्यासी बनेका छन् ।

चौधरीलाई बलीको बोका बनाएर बस्नेतले करोडौ असुले तर, चौधरी भने प्रहरीको वान्टेड भए । पााच बर्ष अगाडि महानगरिय प्रहरी परिसरमा तत्कालीन एसपी रमेश खरेलले बस्नेतलाई १० बर्ष अगाडिको मुद्दामा पक्राउ गरे ।

तर कृतन नभई अभिमान भएको भ्रम अदालतमा छरेर बस्नेत ६ महिनापछि जेल मुक्त भए । युबती जिस्काएको बिषयलाई लिएर २०६५ मा पुरानो बानेश्वरको क्याटरिङमा आएका जन्तीलाई अन्धाधुन्ध खुकुरी प्रहार गरे ।

खुकुरी प्रहारबाट एक दर्जन घाईते भए । प्रहरीले दुई वटा खुकुरी सहित बस्नेतलाई रङ्गेहात पक्राउ गर्‍यो । पक्राउ परेका बस्नेतले बेहोस भएको नाटक गरे ।

गौशाला प्रहरीका तत्कालिन प्रहरी निरक्षक गंगा पन्तले उपचारको लागि बस्नेतलाई केएमसि सिनामंगलमा पठाईन् । सिनामंगलबाट सेटिङ मिलाएर बस्नेत थप उपचारको लागि भन्दै टिचिङ रिफर गर्न लगाए ।

टिचिङ पुगेको एक घण्टा नवित्दै बाथरुम जाने बहानामा बस्नेत झ्यालबाट हाम फालेर भागेका थिए । पैसा खाएर भगाएको आरोप हालका डिएसपी गंगा पन्तलाई लाग्यो ।

सो मुद्दामा समेत बस्नेत हालसम्म फरार कै सूचिमा छन् । पैसाको लागि साथी भाई र आफ्तलाई समेत ठगी गर्दै आएका बस्नेतले पााच बर्ष अगाडि गरेको बिहेपार्टीको पैसा समेत क्याटरिङलई तिरेका छैनन् ।

ज्ञानेश्वरमा उनले ब्यापारी बिष्णु खत्रीकी भान्जीसाग बिहे गर्दा ठूलै रकम खर्च गरेका थिए । मारवाडीले चलाएको उक्त पार्टी प्यालेसबाट अहिले बस्नेतलाई फोन गरी पैसा माग्दा उल्टै धम्काउने गरेको उनकै साथीहरु बताउाछन् ।

व्यापारी बिष्णु खत्रीकी भाञ्जी बिहे गरेपछि ठूलो व्यापारी र चााडै करोडपति हुने सपना देखेका बस्नेतले पछि खत्रीले कुनै सहयोग नगरेको आरोप लगाए ।

त्यसलगत्तै एक छोरी जन्माइसकेकी श्रीमतीलाई देखाउन बस्नेतले कुनै जमानाका बिनोद लामाको प्रेमिकालाई पैसाको लागि रखैल बनाएर बौद्धस्थित नयाा बस्तीमा राखेका छन् ।

उनकै पैसाबाट किनेको घरमा बस्दै आएका बस्नेतले काठमाडौंमा आधा दर्जन घर भएको गफ पनि दिने गर्छन ।

पाँच बर्ष अगाडि मैतीदेबीको तीन फिटेबाटामा ढेड आना जग्गामा घर बनाउन भक्तपुरका ब्यापारी अनिल हेक्कासांग लिएको १३ लाख रुपैयाा बस्नेतले अहिले सम्म तिरेका छैनन् ।

नक्सा पास समेत नगरेको डेढ आना जग्गामा बस्नेतले एक–एक कोठाको पााच तले घर निर्माण गरेका छन् । जुन कानून बिपरित हो ।

काभ्रली समूहका ‘खतरा फाईटर’ आफू भएको दाबी गर्ने बस्नेत पछिल्लो समय डन चरी निकट थिए । चरीको ग्याङमा आबद्ध भएका बस्नेत राधे भण्डारीलाई खुकरी प्रहार गरेको अभियोगमा पक्राउ परि छुटेका अभियुक्त पनि हुन ।

चरी इन्काउन्टरमा मारिएपछि बस्नेत घैंटेका मित समिरमान बस्नेतसाग हात मिलाउन पुगेका थिए । बस्नेतहरु एक काजी हुन् एक हुनुपर्छ भन्दै समिरको नाम लिइ उनी घैंटेसँग नजिक भएका थिए ।

घैंटेको इन्काउन्टरपछि संरक्षकको खोजीमा रहेका बस्नेत सुरक्षाका लागि अबैध पेस्तोल बोकेर हिड्न थालेका छन् । स्रोतका अनुसार पछिल्लो समय पत्रकारको आबरणमा अबैध धन्दामा सक्रिय केहि दलाललाई बस्नेतले बोकेर हिड्न थालेका छन् ।