काठमाडौं, ३१ भदौ । ज्यान मार्ने उद्योग, हातहतियार र अपहरण मुद्दामा फरार रहेका गुण्डा नाइके पञ्चे लामाले प्रहरीलाई प्रभावमा पारेर आत्मसमर्पण गरेका छन् ।
लामा गत वर्ष प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ का दाहिने हात रहेको समाचार यूनाइटेड पोष्टले छापेको छ ।
स्रोतका अनुसार लामाले महानगरिय प्रहरी बृत सिंहदरवारका डिएसपी प्रजित केसीलाई प्रभावमा पारेर बुधवार बिहान आत्मसमर्पण गरेका हुन ।
पञ्चेका दाई जुदाको सेटिङमा प्रहरीमा पााच लाखको चलखेल गरी आत्मसमर्पण गराइएको समेत स्रोत बताउाछ । लालितपुर प्रहरीमा विभिन्न मुद्दामा रहेका फरार लामाले सिंहदरबार प्रहरीमा गएर आत्मसमर्पण गरेपछि ठूलो चलखेल भएको एक प्रहरी अधिकारी बताउाछन् ।
चरी र कुमार श्रेष्ठ ‘घैंटे’ इन्काउन्टरमा मारिएपछि गुण्डा सर्कलमा त्रास छाएको छ । प्रहरीको इन्काउन्टरमा परिने डर र पक्राउ पर्दा साथबाट लागूऔंषध बरामद हुने अथवा गोली खाइने डरले वान्टेड गुण्डाहरु आफू निकट प्रहरीबाट आत्मसमर्पण हुने जुक्तिमा लागिरहेका छन् ।
चरी मारिएपछि पञ्चेका दाजु जुदाले उनलाई घैंटेको निकट समेत बनाएका थिए । भाईलाई गुण्डा बनाइ दाईले करोडौ रुपैयाा असुलेका छन् ।
तीन बर्ष अगाडिसम्म केही नभएका जुदा यतिबेला ‘माज्दा ३’ गाडीमा मा हुईकिन्छन् ।
महानगरिय प्रहरी अपराध महाशाखाले गुण्डागर्दी विरुद्ध कठोर नीति लिइरहेको बेला गुण्डालाई नै आत्मसर्मपण गराएर फाइदा लिन खोज्ने डिएसपी केसीमाथि कारबाही हुनुपर्ने आवाज पनि उठेको छ ।
काठमाडौंका गुण्डा नाइकेहरुसाग राम्रो सम्बन्ध बनाएका डिएसपी केसी महाशाखामा रहादा विवादमा परेका थिए ।















प्रतिक्रिया