काठमाडौं, ३१ भदौ । भारतको गुडगाउँसिथत निवासमा नेपालका २ युवतीलाई बलात्कार गरेको आरोप लागेका साउदी अरेबियाका कुटनीतिज्ञ मजिद असुरले बुधबार भारत छाडेका छन् ।
नयाँदिल्लीस्थित साउदी अरेबियन दूतावासका प्रथम सचिव असुरले भातर छाडेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलाई उदृत गर्दै पीटीआईले जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
केही संचारमाध्यमले उनलाई भारतले देश निकाला गरेको हुन सक्ने दाबी गरेका छन् ।















प्रतिक्रिया