काठमाडौँ, ३० भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेयकको सम्पूर्ण धारा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ विधेयकको अङ बनेको घोषणा गर्नुभएको छ ।
संविधानसभाको आजको बैठकमा अध्यक्ष नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेककको प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भलाई विधेयकको अङ्ग बनोस् भनेर राख्नुभएकामा बैठकले त्यसलाई पारित गरेको हो । संविधान पारित गर्ने क्रममा राप्रपा नेपालका कमल थापा सहितका सभासदहरुले विपक्षमा मतदान गरेका थिए ।
सो विधेयक पारित भएको घोषणा गर्दै उहाँले संविधानको नाम ‘नेपालको संविधान २०७२’ रहने जानकारी दिनुभयो । यो संविधान २०७२ साल असोज महिनाको ३ गतेदेखि प्रारम्भ हुने उहाँले बताउनुभयो । त्यसपछि अध्यक्ष नेम्वाङले संविधानसभाको बैठक आधा घन्टाका लागि स्थगन गर्नुभएको थियो । रासस












प्रतिक्रिया