काठमाडौं, ३० भदौ । नाताले भतिजी पर्ने खोटाङकी एक युवतीसँग शारीरिक सम्पर्क भएपछि जन्मिएको बच्चा मारेको अभियोगमा प्रहरीले कोटेश्वर बस्ने हीराधन राईलाई पक्राउ गरेको छ ।
खोटाङबाट पढ्न आएकी ती युवती र राई एउटै कोठामा बस्दै आएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उनीहरुबीच कोठामा सँगै बसेपछि शारीरिक सम्पर्क समेत भयो ।
गर्भवती युवतीलाई छाडेर राई वैदेशिक रोजगारका लागि कतार गए । युवतीले बच्चा जन्म दिइन् ।
दुई वर्षको छोरालाई पालनपोषण गर्दै आएकी ती युवती काममा जान्थिन । आइतबार पनि बच्चा रार्इको जिम्मा लगाएर युवती काममा गइन ।
साँझ घर फर्कदा छोरा घाइते अवस्थामा देखेर रार्इलाई सोध्दा सुटकेशबाट लडेर घाइते भएको जवाफ दिए ।
उपचारका लागि सिभिल अस्पताल लग्दा त्यसले वीरलाई रिफर भयो । उपचारकै क्रममा बालकको मृत्यु भयो ।















प्रतिक्रिया