काँकडभिट्टा (झापा), २९ भदौ । भद्रपुर विमानस्थलबाट अवैध रुपमा काठमाडौँ लैजान लागिएको अवस्थामा आज अपराह्न १० किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
भद्रपुरबाट काठमाडौं जान लागेको बुद्ध एयरलाइन्सको फ्लाइट नं ९५६ बाट काठमाडौँ जान लागेका ललितपुर घर भएका सोनाम गुरुङ सो परिमाणको सुनसहित पक्रउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले जाँच गर्दा राईले जुत्तामा लुकाएको अवस्थामा सुन फेला पारेको हो । यति ठूलो परिमाणमा झापामा सुन पहिलो पटक बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक पुष्कलराज रेग्मीले बताउनुभयो । अभियुक्त गुरुङ भारतबाट सुन तस्करी गिरोहको भरिया हुन सक्ने प्रहरीको अनुमान छ । रासस















प्रतिक्रिया