जनकपुरधाम । धनुषाका एसपी रूपेश खड्काले रास्वपा धनुषा सभापति लक्ष्मेश्वर यादवले वैवाहिक सम्बन्ध छुटापत्र गराइदिन दबाव दिएको आरोप लगाएका छन् ।
एक सार्वजनिक कार्यक्रममा रास्वपा सभापति यादवले प्रहरी कार्यालय र कार्यालय प्रमुखविरुद्ध आपत्तिजनक, भ्रमक तथा अपरिपक्व टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको एसपी खड्काले जनाएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जारी विज्ञप्तिमा धनुषाको हंसपुर नगरपालिका वडा नं. ८, भतही टोल बस्ने रास्वपा धनुष सभापति ५६ वर्षीय लक्षेश्वर यादवले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ।
विज्ञप्तिमा उल्लेख भए अनुसार यादवकी एक पारिवारिक महिला सदस्य हराएको भन्दै २०८३/०७/१७ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दर्ता गराइएको थियो। प्रहरीको अनुसन्धानबाट ती महिला नभई काठमाडौं जिल्ला अदालतबाट २०८३/०७/०८ गते नै विवाहको कानुनी वैधता कायम गरी २०८३/०७/१४ गते आफ्नो पतिसँग गएको खुल्न आएको थियो।
प्रहरीले निवेदक पक्ष र परिवारका अन्य सदस्यलाई महिलासँग प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहका प्रमाणहरू समेत देखाएर वास्तविक अवस्था बारे जानकारी गराएको थियो। तर, आफ्नो मञ्जुरीविना विवाह गरेको भन्दै निज लक्षेश्वर यादवले “पक्राउ गरी जबरजस्ती छुटाउनुपर्ने” माग गर्दै पदको दुरुपयोग गरी अनुचित दबाब दिएको र प्रहरीले गैरकानूनी कार्य गर्न इन्कार गर्दा कार्यालय घेर्ने धम्की दिएको प्रहरीको दाबी छ।
विज्ञप्तिमा भनिएको छ, “कानूनी कार्य गर्न इन्कार गरेको प्रतिशोधस्वरूप ममाथि सान्दर्भिक, अनर्गल र तथ्यहीन आरोप लगाएको स्पष्ट छ।” गरिमामय नेपाल प्रहरी संगठनमा पूर्ण व्यावसायिकताका साथ सेवा गरिरहेको बेला संगठन र व्यक्तिगत मर्यादामा आँच आउनेगरी लगाइएका मनगढन्ते र द्वेषपूर्ण आरोपहरूको कार्यालयले घोर निन्दा र भर्तना गरेको छ।
कानूनी उपचारमा जाने चेतावनी
विज्ञप्ति मार्फत एसपी खड्काले आफूमाथि लगाएका आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका छन्। साथै, कोही पनि व्यक्ति भ्रममा नपर्न, अनावश्यक भ्युजको लोभमा सामाजिक सञ्जालमा जथाभावी सेयर नगर्न अनुरोध गर्दै यससम्बन्धी अविलम्ब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जाने चेतावनी दिइएको छ।
आइतवार जनकपुरधाममा रास्वपाद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा सभापति यादवले एसपी खडका एक नम्बर घुसखोर र दलाल रहेको आरोप लगाउंदै उनको सरूवाको माग गरेका थिए । उनले सीमावर्ती क्षेत्रदेखि मालपोत र सिडिओ अफिस लगायतका कार्यालयबाट खडका घुस लिइरहेको भन्दै कार्यक्रममा उपस्थित चारवटै सांसदसंग माग गरेका थिए ।
श्रोतका अनुसार सभापति यादवकी छोरीले काठमाडौ गत वैशाख महिनामा हंसपुर नगरपालिका ८ हाल काठमाडौ बस्दै आएका एक केटासंग विवाह अदालती विवाह गरेको थियो । सो वैवाहिक सम्बन्ध विच्छेद गराई दिन सभापति यादवले एसपी खडकालाई दबाव दिदै आएको छ ।















प्रतिक्रिया