५ कार्तिक २०८३, बिहिबार

प्रभुको राजनीति संकटमा, थारु र मधेसी नेता सभासद रिसाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda_prabhuकाठमाडौं, २९ भदौ । एमाओवादीमा मधेसी र थारू नेताहरूले नयाँ संविधानमा मधेसी, थारू र जनजातिको अधिकार समेट्न पार्टीले अडान नलिएको भन्दै नेतृत्वसँग असन्तुष्टि राखेका छन् ।

उनीहरूले तराई–मधेस र थारू आन्दोलन सम्बोधन गर्न पार्टीले अडान नलिँदा आफूहरूको राजनीतिक भविष्य संकटमा परेको बताएका थिए ।

पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई सोमबार संविधानसभा भवनमा भेटेर सोमबार मधेसी र थारू नेताहरूले असन्तुष्टि राखेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनीहरूले संविधानमा हस्ताक्षर हुनुअघिसम्म सीमांकनमा थारूले उठाएका माग, जनसंख्याको आधारमा निर्वाचन प्रणाली र समानुपातिक समावेशी व्यवस्था संविधानमा राख्न पहल गर्न नेतृत्वसँग आग्रह गरेका छन् ।

पोलिटब्युरो सदस्यहरू रामचन्द्र झा, विश्वनाथ साह, प्रभु साह, केन्द्रीय सदस्य एवं मधेसी मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष रामकुमार शर्मा, सभासद्हरू अमनलाल चौधरी, मानपुर चौधरीलगायतले नेतृत्वलाई भेटेका हुन् ।

प्रभु साहले आफ्नो राजनीतिक भविष्य संकटमा परेकाले संविधानसभाको मतदान प्रक्रिया बहिष्कार गरेको बताएका थिए ।