१० कार्तिक २०८३, मंगलबार

केपी ओली ज्यू ! अब तपाई हिटलर बन्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliमहेन्द्रनगर, २८ भदौ । युवा संघ नेपाल केन्द्रिय सचिव किरण पौडेलले एमाले अध्यक्ष केपी ओलीलाई हिटलर बन्न सुझाव दिएका छन् ।

सामाजिक सद्भाब र राष्ट्रिय एकता अभियान अन्तर्गत शनिवार कञ्चनपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सचिव पौडेलले देशलाई रुवाण्डा हुनबाट जोगाउन हिटल्रनै बन्नुपर्छ भने पनि पछि नहट्न ओलीलार्इ आग्रह गरेका हुन् ।

‘मुलुकलाई रुवाण्डा हुनबाट जोगाउन, तीन पुस्तादेखिको हाम्रा अग्रजहरुको संघर्षलाई परिणाममूखि बनाउन र सम्बृद्दिको हाम्रो सपना लाई साकार पार्नका लागि आवश्यक पर्दा कमरेड ओली हिटलर नै बन्नुपर्छ भने पनि पछि नहट्न आग्रह गर्दछु,’ सचिव पौडेलले भने ।

Youth-force-kailali-1उनले ‘यो क्रुसियल फेजमा राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता संकटमा परेको बेलामा केपी ओलीले जुन अडान लिनुभएको छ, त्यसैले देश जोगाउछ । हामी अहिले शान्ति, सद्भाब र राष्ट्रिय एकताका लागि पार्टी अध्यक्षको निर्देशन बमोजिम पार्टीको सन्देश लिएर आइरहेका छौ । कङ्गो, रुवान्डा र सुडानका दर्दनाक दृष्य हाम्रो मस्तिष्कमा छाई रहेका छन, धेरै अफ्रिकन र एसियन राष्ट्रमा विद्यमान राजनीतिक अस्थिरता र त्यस्को चपेटामा आक्रान्त जनताको अवस्था पनि स्मरण गर्दैछौ भने ।

चिन उद्योग धन्दाले धनी भयो, अमेरिका हतियार र प्रबिधीले धनी भयो, खाडी राष्ट्रहरु तेल बेचेर धनी भए तर, हामीसँग अथाह प्राकृतिक स्रोत हुँदाहुँदै, सगरमाथा हुँदाहुँदै, युरेनियम्, सुन्, सिसा, जस्ता, तामा लगायतका बहुमुल्य र असिमित भण्डार हुँदापनि किन अघि बढ्न सकेनौ ? किन प्रगती गर्न सकेनौ ? किन हाम्रो जस्तो स्रोत सम्पन्न मुलुकमा मात्र अस्थिरता बढी देखिन्छ ? उनले प्रश्न गरे ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य बिक्रम जोशी, युवा संघ सचिव बच्चन सिंह लगायतले धारणा राखेका थिए ।