चितवन । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिएका छन् ।
मंगलबार बिहान ९ बजे इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा ११ जना घाइते भएका हुन् ।
सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ज १२५९ नमबरको माइक्रो बस एकापसमा ठोक्किएका प्रहरीले जानकारी दिएको छ ।
थप विवरण आउन बाँकी छ ।















प्रतिक्रिया