१० कार्तिक २०८३, मंगलबार

देउखुरीमा उद्यमी महिलाले दिए २७ वटा बाख्रा उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goat Bakharaदेउखुरी, २८ भदौ । साना किसान उद्यमी सुदृढिकरण परियोजनाअन्र्तगत दाङको देउखुरीस्थित लमही नगरपालिका वडा नं. १ नर्तीमा गठन गरिएको एक महिला समूहले सोही ठाउँको ४ वटा महिला समूहका २७ जना सदस्यलाई बाख्रा उपहार प्रदान गरेको छ ।

हेफर ईन्टरनेशनल नेपालको सहयोगमा नेपाल महिला सामुदायिक केन्द्र घोराहीले गठन गरेको भवानी महिला समूहका १७ जना महिला उद्यमीले ४ वटा समूहका २७ जना महिला सदस्यलाई उद्यमी बनाउन २७ वटा वाख्रा उपहार प्रदान गरेका हुन् ।

परियोजना अनुगमन समितिका संयोजक एवम् लमही नगरपालिकाअन्तर्गतको सोनपुर वडा कार्यालयका सचिव रामभजन चौधरीको प्रमुख आतिथ्यमा समूहका सदस्यहरुले बाख्रा उपहार प्रदान गरेका थिए ।

सो अवसरमा वडा नागरिक मञ्चका संयोजक नेत्रप्रसाद पौडेल, पदमप्रसाद शर्मालगायतको सहभागिता रहेको सुरजलाल चौधरीले जानकारी दिनुभयो ।