१० कार्तिक २०८३, मंगलबार

देउखुरीका थारुको सराहनीय कार्य, बन्द खुलेपछि यस्तो देखियो लमही (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, २८ भदौ । एक महिनासम्मको लगातारको बन्द खुलेपछि दाङको देउखुरी उपत्यका आज बिहानैदेखि चहलपहल बढेको छ । बन्द खुलेपछि पूर्वपश्चिम महेन्द्र राजमार्गमा सवारी साधन गुड्न थालेका छन् ।

लमही, भालुबाङ्ग, गढवा, सिसहसनयालगायतमा रहेका बजार तथा पसलहरू खुलेका छन् । मानिसहरूको चहल पहल ह्वात्तै बढेको छ ।

बजार पसलहरू खुलेपछि तीजका लागि आवश्यक पर्ने सामान किनबेचका लागि सर्वसाधारणको चहल पहल बढेको स्थानीय व्यवसायी गंगाराम भट्टराईको भनाइ छ । ‘एक महिनादेखिको बन्दले व्यवसायी र सर्वसाधारणहरू दिक्क भएका थिए’, भट्टराईले भन्नुभयो, ‘बजारमा चहलपहल बढेको छ । अब समस्या नहोला ।’

लामो समयसम्म भएको बन्द खुलेका कराण देउखुरीका सर्वसाधारणले ठूलो राहात महसुस गरेका हुन् । ‘बन्दले सबै क्षेत्रमा हानि नोक्सानी पुर्‍याएको थियो’, देउखुरी उद्योग वाणिज्य संघका सह–सचिव एवम् शशि सु–सेन्टरका सञ्चालक शशिराम नेपालीले भन्नुभयो, ‘बन्दले कसैलाई फाइदा पुर्‍याउदैन ।’

थरुहट/थारुवान संयुक्त संघर्ष समिति देउखुरीले बन्दको बिहान ५ बजेदेखि अनिश्चितकालसम्मका लागि फिर्ता लिएको जनाएको छ ।

लमही बजारबाट काठमाडौंका लागि एउटा बस छुटेको छ । बुटवल, नारायणगढसम्म सवारीका साधन लमहीबाट छुटेको राप्ती सार्वजनिक यातायात ब्यवसायी समिति वुकिङ्ग काउण्टर लमहीले जनाएको छ ।

छिटो दुरीमा सवारी साधन चलेपछि तीजमा माइत जान हिँडेका चेलीबेटीलाई सहज भएको छ । थारुहरूले बन्द फिर्ता लिएपछि दाङ र देउखुरीमा उनीहरूको सराहना भएको छ ।

हरितालिका तीज र विश्वकर्मा पूजालाई मध्यनजर गर्दै बन्द अनिश्चितकालका लागि स्थगित गरिएको समितिको विज्ञप्तिमा जनाइएको छ ।

गत साउन २७ गतेदेखि थारुहरुको बाहुल जिल्लालाई समेटेर अलग संघीय प्रदेश बनाउन माग गर्दै आन्दोलन गरिँदै आएको छ । बन्दको कार्यक्रम स्थगित गरिएपनि अन्य संघर्षका कार्यक्रम जारी रहेको थरुहट/थारुवान संयुक्त संघर्ष समितिका प्रवक्ता प्रकाश चौधरीले विज्ञप्तिमा जनाउनुभएको छ ।

3 2 1(1)

4

5