मधेसी मोर्चाले संविधान जारी भएको अर्को दिन त्यसको प्रति जलाउने योजना बनाएको छ । सद्भावनाका महासचिव सुमनले मधेसीको अधिकार विना आउने संविधान जलाउने चेतावनी दिनुभयो । ‘संविधानसभाका लागि एक थान संविधान निर्माणको कार्य भएको छ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सेना परिचालन गरेर युद्धकालीन अवस्थामा जस्तो गरी जारी गरिने संविधान टिकाउन हुँदैन ।’ उहाँले सबै उत्पीडित समुदायका अधिकार सुनिश्चित हुने पर्ने माग गर्नुभयो । ‘आन्दोलन जारी रहन्छ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अधिकार विहीन संविधान मान्ने पक्षमा छैनौ ।’
















प्रतिक्रिया