५ कार्तिक २०८३, बिहिबार

सशस्त्रका असइ बिकलाई किन सुरक्षा दिइएन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apf-Sub-Inceptorकाठमाडौं, २८ भदौ । सशस्त्र प्रहरीका असइ थमन विकको मृत्यु खबरले परिवार र आफन्त पीडासँगै धेरै आक्रोशित छ ।

प्रदर्शनकारीको आक्रमणमा परि गम्भीर घाइते भएका विकलाई त्यहीँ कार्यरत सशस्त्र प्रहरीले सुरक्षा नदिएको उनीहरुको बुझाई छ ।

‘त्यस्तो गम्भीर घाइते अवस्थाका मान्छेलाई एक जना कुरुवाको भरमा किन छाडियो ? सुरक्षा दिएर अस्पताल किन पठाइएन ?’ ससुरा अनमोल गहतराजले भने ।

महोत्तरीस्थित शसस्त्र प्रहरी सीमा सुरक्षा कायौलयमा कार्यरत विकलाई आन्दोलनकारीले शुक्रबार एम्बुलेन्सबाट थुतेर लाठी र वियरको बोत्तलले हानेर लखेटी लखेटी हत्या गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।