१० कार्तिक २०८३, मंगलबार

ट्रकको ठक्करबाट एकै ठाउँमा तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

truck-acidentतिलोत्तमा (रुपन्देही), २७ भदौ । भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपी५३पी ८३०९ नंको भारतीय ट्रकले शनिबार राति विपरीत दिशाबाट आउँदै गरेको लु१०प २५२३ नंको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक पाल्पा सोमादी गाविस–१ का ३२ वर्षीय वीरबहादुर बर्मजा, मोटरसाइकलमा सवार अर्घाखाँचीको किमडाँडा गाविस– १ की ३७ वर्षीया मधु राना र उनकी तीन वर्षीया छोरी सिमरनको मृत्यु भएको हो ।

तीनैजनाको घटनास्थलमै मृत्यु भएको र फरार ट्रक चालकको खोजी भइरहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिनुभयो । रासस