१० कार्तिक २०८३, मंगलबार

प्रहरी देखेर भाग्न खोज्दा जलेश्वरमा एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

policeगौशाला, २७ भदौ । प्रहरी आइरहेको देखेर भागदौड गर्दा शनिबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका वडा नं १४ बखरीमा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको फुल्हटा परिकौली गाविस– ८ बस्ने ६५ वर्षीय हकिम अन्सारी रहेका छन् । आफ्नो छोरीको गाउँमा गएका वृद्ध अन्सारीले शनिबार साँझ स्थानीयवासीसँगै बखरी चोकमा बसिरहेकामा जिल्ला सदरमुकाम जलेश्वरबाट तीव्र गतिमा गएको प्रहरीको भ्यान देखेर गाउँलेसँगै भाग्न खोज्दा उनको लडेर सोही स्थानमा मृत्यु भएको थियो ।

प्रहरीको भ्यान आइरहेको देखेर आत्तिएर भाग्न खोजेका अन्सारी तीव्र गतिमा दौडन नसकेर उनी लडेका थिए भने लड्नासाथ उनको हृदयघातबाट घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अहिले उनको शव परिवारजनले आफ्नो गाउँ फुल्हटा परिकौलीमा लगिएको छ । रासस