५ कार्तिक २०८३, बिहिबार

नयाँ सेनापति आउनेवित्तिकै तराईका जिल्लाबाट सेना फिर्ता गर्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Armyकाठमाडौं, २७ भदौ । दंगाग्रस्त क्षेत्र घोषणापछि स्थानीय प्रशासन ऐनअनुसार विभिन्न जिल्लामा परिचालित सेनाले फर्किने तयारी थालेको छ ।

आन्दोलन चर्किँदै गएपछि गृहमन्त्री वामदेव गौतम अध्यक्षताको केन्द्रीय सुरक्षा समितिको निर्देशनअनुरुप प्रमुख जिल्ला अधिकारीको आदेशमा सेना परिचालन भएको थियो ।

प्रजिअको आदेशमा परिचालित हुँदा विभिन्न कोणबाट प्रश्न उठेपछि सेनाले फर्किने तयारी गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

त्यसप्रति सेनाको परमाधिपति समेत रहेका राष्ट्रपति रामवरण यादवले असन्तुष्टि जनाएका थिए ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफू कायममुकायम छँदै यस विषयमा सरोकारवालासँग परामर्श थालेका थिए ।

राष्ट्रपति यादवबाट बिहीबार प्रधानसेनापतिको दर्ज्यानी चिह्न र पद तथा गोपनीयताको शपथ लिएसँगै क्षेत्रीले सेना फर्काउने तयारी थालेको हो ।