५ कार्तिक २०८३, बिहिबार

भाडाका आमाको व्यापार यसरी मौलायो नेपालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garva mahilaकाठमाडौं, २७ भदौ । प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत भिआईपीहरूको बसोबास क्षेत्र भएकाले बालुवाटारको सुरक्षा अवस्था राजधानीका अन्यत्रको तुलनामा संवेदनशील र कडा मानिन्छ ।

तर, प्रधानमन्त्री निवास छिर्ने एक नम्बर गेटकै सामुन्नेबाट एउटा सानो बाटो सुलुत्त भित्र छिरेको छ । केही पाइलामै आइपुग्छ, पहेँलो रंगको गेट, जहाँ लेखिएको छ–घर नम्बर ३५, पानीपोखरी, दीपकुमारी मार्ग ।

आधादर्जन महिला बोकेर हुईंकिएको बा ६ च ६०० नम्बरको कालो रंगको महिन्द्रा बलेरो टक्क रोकियो, त्यही घरअगाडि ।

राजधानीको उत्तरी भेग टोखा, सरस्वतीबाट त्यस गाडीमा चढेका महिला त छँदै थिए, त्यो पहेँलो घरबाट निस्किएका केही सावला वर्णका महिला पनि गाडीमा थपिएको समाचार नेपाल राष्ट्रिय साप्ताहिकले छापेको छ ।

त्यसपछि गल्लीबाट फुत्त बाहिरिएर हुईंकिएको बलेरो व्यस्त सडक छिचोल्दै जमलस्थित ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटलमा पुगेर रोकियो ।

पटुक्क पेट उठेका महिलाहरू लस्करै अस्पतालको चौथो तल्लामा उक्लिए । ती थिए, विदेशी अभिभावकका भ्रुण बोकीरहेका सरोगेट मदर अर्थात् भाडाका आमा ।

यो घटना थियो, सर्वोच्च अदालतले सरोगेसी सेवालाई वैधानिकता दिने सरकारी निर्णय कार्यान्वयनमा रोक लगाएको ९ दिनपछि अर्थात् १७ भदौ मध्यान्हको । यसले नेपाल सरोगसीको केन्द्र भईरहेको स्पष्ट छनक दिन्छ ।