काठमाडौं, २६ भदौ । ठूलो र मिठामिठा सपना देखाएर छोरीलाई फकाइ फुलाइ विदेश लगे, अहिले न उता बन्धकजस्तो बस्न बाध्य भएकी छिन, ६ वर्षअघि साउदी हिँडेकी देवचुली नगरपालिका ७ नवलपरासीकी सन्तमाया नेपालीकी आमा पार्वतीले सबैलाई यही दुखेसो गर्ने गर्छिन ।
सन्तमाया अझै घर फर्कन पाएकी छैनन् । कमजोर आर्थिक अवस्था अनि जम्मम ३ कक्षा पढेकी उनलाई विदेश लैजाने चाँजोपाँचो प्रगतिनगरकी लीला पाण्डेले गरेको समाचार राजधानी दैनिकले छापेको छ ।
भारतको बाटो लगेर, भारतीय एजेन्टको सहयोगमा उनलाई साउदी पुर्याएको लीला पाण्डेले स्वीकार गरेकी छिन् ।















प्रतिक्रिया