१० कार्तिक २०८३, मंगलबार

जनकपुरमा अनिश्चितकालिन कर्फ्यू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-Nisedhit-Bhairजनकपुर, २५ भदौ । धनुषामा शुक्रबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

विहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गर्दै शुक्रबार किहान ६ बजेदेखि जनकपुर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।

पूर्वमा कपिलेश्वरदेखि पुलचोक, पश्चिममा बेलापुलदेखि पिंडारी चोकसम्म, दक्षिणमा जिल्ला शिक्षा कार्यालय क्षेत्र र उत्तरमा बाबा पेट्रोल पम्पदेखि धनुषाधाम जाने बाटासम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।