५ कार्तिक २०८३, बिहिबार

अराजक र हिंसात्मक बन्दै मधेसी मोर्चाको आन्दोलन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band (2)काठमाडौं, २५ भदौ । संघीय प्रदेशको खाकाप्रति विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन मधेस बन्दको तीन सातासम्म सिरहाको लहान शान्तिपूर्ण थियो।

हरेक दिन दिउँसो तीन बजे शान्तिपूर्ण जुलुस निकालेर कोणसभामा स्थानीय नेताले मन्तव्य राखेपछि कार्यक्रम सकिन्थ्यो।

२३ औं दिन अचानक बुधबारबाट आन्दोलनको स्वरुप एकाएक फेरियो– प्रदर्शनकारीले सडकमा रुख ढालेर अवरोध गरे, सुरक्षाकर्मीले हस्तक्षेप गर्दा स्थिति झडप र हिंसात्मक स्वरुपमा परिणत भयो। प्रहरीले गोलीले तीन जनाले ज्यान गुमाए, दर्जनौं घाइते भएको समाचार नागरिक दैनिकले छापेको छ ।

लहानको शान्तिपूर्ण छवि क्षणभरमै बिलायो। प्रदर्शनले झन् उग्र रुप लिँदै गयो। प्रदर्शनकारीले सहिदचोक दक्षिणको होटल मारुती, एनसिसी बैंक, सोसियल डेभलपमेन्ट बैंक र एक निजी घर तोडफोड गरे।

मारुती होटलको छतबाट सुरक्षाकर्मीले गोली चलाएपछि तोडफोड गरेको प्रदर्शनकारीको दाबी स्ववयं होटल सञ्चालक मान्दैनन्।

‘होटल पूर्ण रूपमा बन्द थियो, कुनै सुरक्षाकर्मी प्रवेश गरेका थिएनन्’, होटल सञ्चालक रामसुन्दर चौधरी भन्छन्।

त्यस दिन सुरक्षाकर्मीले होटलबाट गोली चलाएको आरोप लगाएपछि होटल सञ्चालकले आन्दोलनकारीलाई भित्र लगेर खानतलासी गर्न दिएका थिए। तर, त्यहाँ सुरक्षाकर्मी भेटिएनन्। चौधरीले भने, ‘आन्दोलनकारीले होटल पसेर खोज्दा प्रहरी भेटेनन्, अनाहकमा तोडफोड गरे।’