
काठमाडौं, २५ भदौ । भारतमा साउदी अरबका कूटनितिज्ञबाट यौन शोषणमा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन् ।
३० र ५० वर्षका उनीहरु बिहीबार दिउँसो दिल्लीबाट हवाइमार्ग हुँदै स्वदेश आइपुगेका हुन् ।
दिल्ली नजिकै हरियाणाको गुडगाँउस्थित साउदी कूटनीतिज्ञको घरमा दुई नेपाली युवतीलाई बन्धक बनाइ चरम शारीरिक र मानसिक शोषण गर्ने गरेको सूचनामा आधारमा स्थानीय प्रहरीले सोमबार छापा मारेको थियो ।
उनीहरुलाई वैदेशिक रोजगारीको आवरणमा पासविक व्यवहार गर्ने साउदी कूटनीतिज्ञकोमा पुराउने समूहको खोजी सुरु गरेको सिआइवीका डिआइजी हेमन्त मल्ल ठकुरीले जानकारी दिएको आजका पत्रपत्रिकाहरूले समाचार छापेका छन् ।
उनीहरुलाई मुम्बइ, श्रीलंका , साउदी पछि पुनः दिल्ली लगिएको थियो । आफूहरुलाई खानै नदिई बलात्कार गर्ने गरेको उनीहरुले बताएका छन् ।















प्रतिक्रिया