५ कार्तिक २०८३, बिहिबार

यी हुन् सुशील कोइरालालाई झुक्याएर अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने सभासद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surendra Chaudhariकाठमाडौं, २५ भदौ । संविधानसभाका तीन प्रमुख राजनीतिक दलहरू नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर नरहेको भन्दै नेपाली कांग्रेसका केही असन्तुष्ट नेता तथा सभासदले अन्तर्राष्ट्रिय समुदायलाई पत्राचार गरेका छन् ।

केही सभासदको हस्ताक्षरसहित काठमाडौंस्थित कूटनीतिक नियोगहरूलाई पूर्वमन्त्री समेत रहेका कांग्रेस सभासद सुरेन्द्रप्रसाद चौधरीले पत्राचार गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सभासद चौधरीले पत्रमा क–कसको हस्ताक्षर रहेको नखुलाई भने, ‘धेरै साथीहरूको साथ लिएर मैले पत्र पठाएको हुँ ।’

राज्यद्वारा मानवअधिकार उल्लंघन गरिएको भन्दै संघीय समाजवादी फोरमले संयुक्त राष्ट्रसंघलाई तत्काल हस्तक्षेप गरी सामान्य अवस्था पुनःस्थापित गर्न माग गरेको पर्सिपल्ट बुधबार सत्तारूढ दलका नेता चौधारीले उक्त पत्र पठाउनु आफैंमा अर्थपूर्ण मानिएको छ ।

समाजवादी फोरमले राष्ट्रसंघका महासचिव बान कि मुनलाई पत्र लेखी नेपालमा हस्तक्षेप गरी अवस्थालाई सामान्य बनाउन र नयाँ संविधान निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए ।