३० आश्विन २०८३, शुक्रबार

सीमा विवाद सुल्झाउन भारत र पाकिस्तानबीच वार्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

INDIA-PAKISTAN-KASHMIR-UNREST
फाइल फोटो

नयाँदिल्ली, २४ भदौ । भारत र पाकिस्तानबीच राजधानी नयाँ दिल्लीमा तीनदिने सीमा रक्षकस्तरको वार्ता बिहीबारबाट सुरु भएको छ ।

भारतको सुरक्षा बलतर्फका महानिर्देशक र पाकिस्तानका रेन्जरहरुबीच सुरु भएको यस वार्तामा द्विपक्षीय हितका विषयका साथै युद्धविरामको बारम्बार उल्लङ्घनको विषयमा सो वार्ता हुने जनाइएको छ ।

दुई पक्षबीच जारी यस वार्तामा सकारात्मक मुद्दाहरु उठाइने सीमा सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

केही हप्ता दुईबीच हुने भनिएको राष्ट्रिय सुरक्षा सल्लाहकार स्तरको शान्ति वार्ता विवादमा परेर रोकिएपछि यो नै भारत र पाकिस्तानबीचको सुरक्षास्तरको पहिलो वार्ता भएको जनााइएको छ । रासस/सिन्ह्वा