भीमदत्तनगर, २४ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ वनकट्टीमा लामखुट्टेको टोकाइबाट लाग्ने जापानी इन्सेफ्लाइटिस रोग देखिएको छ ।
स्थानीय रामदत्त जोशी बिरामी भएर उपचारका लागि केही दिनअघि धनगढीस्थित सेती अञ्चल अस्पताल पुगेका थिए । उहाँलाई अस्पतालले इन्सेफ्लाइटिस रोग लागेको बताउँदै थप उपचारका लागि भारतको बरेली पठाएको वनकट्टीका महिला स्वयम्सेविका भारती सिंहले जानकारी दिनुभयो ।
उहाँले दिनुभएको जानकारीअनुसार पाँच दिनदेखि अचेत अवस्थामा जोशीको भारतको बरेलीमा उपचार भइरहेको छ । “चौध दिनअघि मात्रै गाउँकै छ वर्षीय बालक भुवन जोशीका इन्सेफ्लाइटिसकै कारण मृत्यु भयो ।”
स्वयम्सेविका सिंहले भन्नुभयो– “छिमेकमै फेरि जोशी बिरामी परेका छन् ।” गाउँ भेला गरेर लामखुट्टे मार्ने औषधि जनस्वास्थ्यबाट माग्ने सल्लाह हुँदै गरेको जानकारी पनि उहाँले दिनुभयो । रासस















प्रतिक्रिया