काठमाडौं, २४ भदौ । मधेसी मोर्चाका कार्यकर्ताको उग्र प्रदर्शनले यतिबेला बिराटनगर तनावग्रस्त बनेको छ ।
बुधबार प्रदर्शनकारीले बिराटनगर भन्सारस्थित प्रहरी बिटमा रहेका दुई जना नेपाल प्रहरी र तीनजना सशस्त्र प्रहरीमाथि पेट्रोल खन्याएर जिउँदै जलाउन खोजेपछि तनावको स्थिति देखापर्यो ।
समयमै सशस्त्र प्रहरीले १० राउण्ड र नेपाल प्रहरीले ६ राउण्ड हवाइफायर गरेपछि स्थिति नियन्त्रणमा आएको समाचार यूनाइटेड पोष्टले छापेको छ ।
यतिखेर नेपाल प्रहरीले तराईका जिल्लाहरुमा थप प्रहरी परिचालन गरिसकेको छ । तर, जिल्ला प्रहरी कार्यालय कार्यालय मोरङमा सरुवा भएका नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेल भने फिल्डमा खटिएर जनताको जीउ धनको सुरक्षा दिनुपर्ने बेलामा काठमाडौंको आफ्नो रेष्टुरेन्टमा बसेर मस्ती गरिरहेका छन् ।
काठमाडौंमा आफू नहुँदा नाम चलेका डनलाई कसैले केही गर्न नसक्ने धाक दिंदै हिड्ने ढुंगेल सर्वसाधरणको सुरक्षामा खटिनु पर्नेमा लाजिम्पाटस्थित भेनस रेष्टुरेन्टमा बसेर विराटनगरको दृष्य नियालि रहेका छन् ।
प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौंमा गुण्डाका नाइकेहरुसँग नजिकिएर व्यवसाय गर्न खोजेको भन्दै ढुंगेललाई मोरङ सरुवा गरी पहिलो पटक राजधानी बाहिर पठाएको थियो । तर मोरङ जान समेत अनकनाएका उनी हाजिर गरी पुन: काठमाडौं फर्किएका छन् ।
कुनै समय गुण्डा सर्कलमा सिंघम प्रहरीका नामले चिनिने ढुंगेल प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ का सहयोगी समिरमान सिंह बस्नेतका नजिकका नातेदार हुन् ।
अपहरण, फिरौती, जबर्जस्ती असुलीमा मुछिदै आएका बस्नेतलाई ढुंगेलले नै संरक्षण दिंदै आएको प्रहरी स्रोत बताउँछ । बस्नेत नेपालगञ्जमा आत्मसमर्पण गरेका गुण्डा नाइके रिगल ढकालका साथी पनि हुन् ।















प्रतिक्रिया