काठमाडौं, २४ भदौ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाको आडमा केही व्यापारीले कानुन विपरितका क्रियाकलाप गर्न थालेका छन् ।
कृपाशुर नेकपा एमालेको तर्फबाट मन्त्री भएका हुन । तर, उनको सोझोपनको फाइदा उठाउँदै बिबादास्पद् छबिका व्यापारी आङछिरिङ शेर्पाले मन्त्रीकै बदनाम गरिसकेको समाचार यूनाइटेड पोष्टले छापेको छ ।
क्यासिनोदेखि एयरलाइन्ससम्मको व्यापार गर्दै आएका आङछिरिङले पछिल्लो समय पर्यटन मन्त्रलालयमा नै हलचल माच्चाएका छन् ।
स्रोतका अनुसार सोल्टी होटलमा सञ्चालित क्यासिनो माजोङमा जुवाडे घट्ने डरले आङछिरिङले अन्य क्यासिनो सञ्चालन गर्न दिएका छैनन् ।
नेपालको नियम अनुसार सम्पूण कर चुक्ता गरी सञ्चालनको तयारी अबस्थामा रहेको क्यासिनो तारा आङछिरिङका कारण सञ्चालन हुन सकेको छैन् ।
सम्पूर्ण कागजी पक्रिया पूरा गरी सक्दा पनि होटल हायतमा रहेको उक्त क्यासिनोले बिगत ६ महिना देखि सञ्चालनको अनुमती पाउन सकेको छैन् ।
त्यस्तै भाडा र राजश्व चुक्ता नगरेका कारण सम्झौंता नै खारेज भइसकेको क्यासिनो रोयललाई पैसाकै आडमा आङछिरिङको दबाबमा मन्त्री शेर्पाले पुन: सञ्चालन गर्न देउ भन्दै मन्त्रालयको लेटर प्याड दुरुपयोग गरी ठाडो आदेश दिएका छन् ।
जुन कानून बिपरितको काम हो । व्यक्तिको सम्पत्ति भाडामा दिने वा नदिने भन्ने अधिकार उसैसँग निहित हुन्छ ।
सरकारको कुनै पनि निकायले सरकारी सम्पत्ति झै फलानोलाई भाडामा देउ भन्न मिल्दैन ।
तर, आङछिरिङले मन्त्री कृपासुरलाई गलत तरिकाले दुरुपयोग गरेको यो घटनाबाट पुष्टि भएको छ ।
जसका कारण मन्त्रालय मातहतका सम्बन्धित कार्यालयहरुका कर्मचारीहरु समेत मन्त्रीसँग रुष्ट बनेका छन् ।
कानून बिपरित मन्त्रालयबाट यो काम गर्नु भन्दै पत्र आउनुले मन्त्री कहाँबाट सञ्चालित छन् भन्ने कुराको पुष्टि हुन्छ ।















प्रतिक्रिया