
गौशाला, २३ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारी र प्रहरीबीत बुधबार अपराह्न महोत्तरीमा झडप हुँदा तीन जनाको मृत्यु भएको छ ।
झडपमा प्रदर्शनकारीले आक्रमण गरेपछि प्रहरीले जवाफी कारवाहीमा चलाएको गोली लागेर जलेश्वर नगरपालिका ७ का रोहन चौधरी, १४ का मुसवा कापर र जलेश्वर ५ का रामविवेक यादवको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर एक जना गम्भीर घाइते छन् । जलेश्वरको महेन्द्र चोकमा मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्ने तयारी भइरहेका बेला प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको थियो ।
त्यसपछि प्रहरीले आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो ।
यसअघि स्थानीय नेताहरुले प्रहरीसँग छलफल गरेर स्थितिलाई साम्य पार्न प्रयास गरेका थिए । तर, प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले बाध्य भएर गोली चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।















प्रतिक्रिया