२१ कार्तिक २०८३, शनिबार

तराईमा प्रहरीमाथि घरेलु हतियारबाट आक्रमण, कहाँ-कहाँ भयो आक्रमण ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

policeकाठमाडौं, २३ भदौ । तराईका जिल्ला जारी आन्दोलका क्रममा प्रहरीमाथि आक्रमणका घटना बढ्न थालेका छन् ।

बुधबार मात्रै तराईका विभिन्न जिल्लामा प्रहरीमाथि घरेलु हतियारले आक्रमण भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । आन्दोलनका क्रममा मोरङ, पर्सा लगायतका जिल्लामा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

मोरङमा सानो ग्याँस सिलिण्ड फाल्न खोज्ने बिराटनगर उपमहानगरपालिका–२२ बस्ने ३४ बर्षीय मन्जर आलम र २७ बर्षीय रजक आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बुधबार बिराटनगर उपमहानगरपालिका–२१ स्थित रानीबसपार्कमा प्रहरीलाई लक्षित गरी सानो ग्याँस सिलिण्डर फालेका थिए ।

यस्तै, बिराटनगर–१९ स्थित भट्टी मोडमा बन्दकर्ताहरुले जवरजस्ती पसल बन्द गरेपछि स्थानीय बासिन्दा र बन्दकर्ताबीच झडप हुँदा बन्दकर्ता ३२ बर्षीय विक्रम साह सामान्य घाइते भएका छन् । सोही बिषयलाई लिएर बन्दकर्ताहरुले रानी बसपार्कमा खटिएको प्रहरी टोली माथि समेत ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्याँस, सटगनबाट हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको छ ।

यस्तै, मधेसी मोर्चाका कार्यकर्ताले विराटगरको भन्सार चेकपोस्टमा खटिएका कर्मचारी र प्रहरीलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।