२१ कार्तिक २०८३, शनिबार

अदालतमा भ्रष्टाचार र विचौलियाको खेल हुनु दुर्भाग्यपूर्ण : प्रस्तावित न्यायाधीश डाँगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रस्तावित न्यायाधीश डाँगीले न्याय मरेको अनुभूति हुन नदिन र जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्ने बताएका हुन् । अदालतमा भ्रष्टाचार र विचौलियाको खेल हुनु दुर्भाग्यपूर्ण भएको र सर्वोच्च अदालतसम्म पुग्दा यस्ता विषयले झन् ठूलो रूप लिनु चिन्ताजनक रहेको उनले बताए ।

उनले न्यायाधीशको आचरण, फैसला र आदेशहरू अस्पष्ट नभई जनताले बुझ्ने गरी स्पष्ट हुनुपर्ने र यसमा कुनै सम्झौता हुन नहुने धारणा राखे ।

न्याय क्षेत्रका हरेक तह र तप्कामा कमजोरीहरू भए तिनलाई सुधार्नुपर्ने र आगामी दिनमा सर्वोच्च अदालतको कदम थप प्रभावकारी हुनुपर्ने उनले बताए ।

त्यस्तै, प्रस्तावित न्यायाधीश डाँगीले न्यायालय सुधारका लागि न्यायाधीश आफैंले आचारसंहिताको पालना गर्नुपर्ने, न्यायाधीशको कामकारबाहीमाथि प्रभावकारी निगरागी हुनुपर्ने लगायतका कार्ययोजना प्रस्तुत गरेका थिए