राजविराज, २३ भदौ । आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी सप्तरीको भारदहमा एकजनाको मृत्यु भएको छ ।
मधेसी मोर्चाका आन्दोलनकारीले सवारी साधनहरु स्कटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रहरीलाई अवरोध गरेपछि बुधबार भारदहमा झडप भएको हो । झडपमा प्रहरीले गोली चलाउँदा पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको छ ।
प्रहरीले स्कोटिङ गरेर गाडी गन्तव्यमा लैजान खोज्दा आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध पारेका थिए । सो स्थानमा अहिले पनि तप्रहरी र प्रदर्शनकारीबीच झडप भैइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




![dw]; aGb k;f{sf] ax'j/Ldf aGb ;kmn agfp ;8s cj?4 ub}{ df]rf{ sfo{stf{ . tl:a/M ljhos'df/ dxtf],k;f{/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/08/band3-650x439.jpg)








प्रतिक्रिया