१ कार्तिक २०८३, शनिबार

बन्दको अवज्ञा गरेको भन्दै मोटरसाइकल जलाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २२ भदौ । महोत्तरीको मुख्य भारतसंगको नाका भिठ्ठामोडमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले आज दिउँसो एउटा मोटरसाइकल जलाएका छन् ।

जलेश्वर नगरपालिका–१२ मलिवारास्थित नेपाल भारत सीमा नाका भिठ्ठामोडमा मोर्चाका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै ज १ प १७०५ नंको मोटरसाइकल जलाएका छन् ।

आज बिहानैदेखि महोत्तरीको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पटक पटक अवरोध खडा गर्दै कुनै पनि सवारी साधनलाई आवतजावत गर्न नदिएका मोर्चाका कार्यकर्ताहरुले दिउँसो भिठ्ठामोडमा मोटरसाइकल जलाएका हुन् ।

मोर्चाका कार्यकर्ताहरुले मोटरसाइकल जलाएपछि जलेश्वरबाट भारततिर जाने मोटरसाइकल, साइकल पूर्णरुपेण बन्द भएका छन् भने भारतबाट पनि नेपालतिर कोही आउन मानेका छैनन् ।