काठमाडौं, २२ भदौ । संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि सभामा दफावार छलफल गरियोस भन्ने प्रस्तावलाई ध्वनीमतले पारित गरेको छ । ध्वनीमतले पारित भएसँगै संशोधनकर्तालाई आफ्ना धारणा राख्न समय दिइएको छ ।
संविधानसभाको आजको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विधेयक संविधानसभामा पेश गर्नुभएको थियो । सिटौलाले विधेयक पेश गर्नेवित्तिकै अध्यक्ष सुवासचन्द्र नेम्वाङले छलफलका लागि बैठकमा पेश गर्नुभएको थियो ।
संविधानसभाले सिटौलाद्वारा पेश गरिएको विधेयकलाई ध्वनीमतले पारित गर्दै दफावार छलफलका लागि संशोधनकर्ताहरूले धारणा राखेका छन् ।
संविधानको विधेयकमा ५४ वटा संशोधन दर्ता भएका छन् । सबै संशोधनकर्तालाई आफ्नो संशोधन प्रस्ताव दफावार छलफलका लागि संविधानसभा बैठकमा पेश गर्ने समय दिइनेछ ।












प्रतिक्रिया